कोठा खोज्दै पुगेका दुई जना युवाले घरधनीको सुनको सिक्री लुटेर भागे
                        
                        
                                                
                                             
                                                
                        काठमाडौंको पेप्सीकोलामा कोठा खोज्दै पुगेका दुई जना युवाले घरधनीको सुनको सिक्री लुटेर भागेका छन्। बिहिबार साँझपख पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट नजिकै घर भएकी पवित्रा विडारी उप्रेतीको घरमा डेरा खोज्दै दुई जना युवा पुगेका थिए। भुँईतल्लामा रहेको दुई वटा कोठा मासिक १० हजार तिर्नेगरी डिल भएपछि उनीहरुले सोधे– ‘घरमा को–को बस्छन्?’
घरधनी पवित्राले दोस्रो तल्ला भाडामा दिएको र तेस्रो तल्लामा छोरो बस्ने जानकारी गराएपछि उनीहरुले ‘सुन, पैसा सवै नदिए राम्रो नहुने’ चेतावनी दिए । त्यसपछि उप्रेतीले डराएर १ तोलाको सिक्री फुकालेर दिइन्। सिक्री लिएपछि दुई जोर चप्पल छाडेर लुटेरा स्कुटरमा भागेको प्रहरीले जानकारी दिएको छ। ‘घर नै लुटेको’ खबर आएपछि प्रहरी उनको घरमा पुगेको थियो ।
लुटपाटमा संलग्नहरुको खोजी भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाले बताए । उनले लुटपाटमा संलग्नलाई कानुनी दायरामा ल्याउने बताए।
                        
                    
                प्रकाशित मिति: बुधबार, असोज ७, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                                         
                    