पाठ्याक्रम प्रारूपलाई लिएर गणित सम्बन्धी संस्था आन्दोलनमा
                        
                        
                                                
                                             
                                                
                        कक्षा ११ र १२ को पाठ्यक्रम प्रारुपमा गणित विषयलाई बेवास्ता गरेको भन्दै गणित विज्ञहरु आन्दोलनमा उत्रिने भएका छन् ।
साधारण धारका संयोजकलाई समेत थाहा नदिई  प्रारुप बनाइएको गणित विज्ञहरु बताउँछन् । सरकारले गणित विषयको समस्या र समाधानका लागि गठन गरेको उच्चस्तरीय समितिको प्रतिवेदन हालसम्म पनि सार्वजनिक गरेको छैन ।
प्रारुपमा गणित विषयलाई समेटिएपनि अतिरिक्त विषयका रुपमा राखिएको छ ।
निहीत स्वार्थ परिपूर्तिका लागि  विद्यार्थीलाई उत्तीर्ण गराउने मात्र उद्देश्य राखेर गणित विषयको  महत्वलाई बेवास्ता गरीएको गणित विज्ञहरुको भनाई छ ।
गणित विषय, विज्ञान, व्यवस्थापन, मानविकी लगायत अन्य अधिकांश प्राविधिक अध्ययन संस्थान र संकाय आदिको मेरुदण्डको रुपमा गणितलाई लिइन्छ ।
गणित विषयको सर्वव्यापी भूमिकाकालाई कमजोर तुल्याउने, विद्यार्थीले मौलिक रूपमा चयन गरी अध्ययन गर्न पाउनुपर्ने अधिकारलाई संकुचन गर्ने, क्याम्पसमा विज्ञान तथा प्रविधि आदि विषय अध्ययनका लागि विश्वविद्यालयीय शर्तहरुको कुनै वास्ता नगरी एक पक्षीय रुपमा  पाठ्यक्रम प्रारुप बनाइएको गणित सम्वद्ध संस्थाहरुले बताएका छन् ।
सरकारद्वारा चालू शैक्षिक सत्र देखि लागू गर्न खोजिएको कक्षा ११ र १२ को पाठ्यक्रम प्रारुपप्रति नेपालका गणित विषयसँग सम्बन्धित सम्पूर्ण संस्थाहरु आन्दोलित हुने भएका छन् ।
नेपाल गणित समाजको अगुवाईमा ७ असोजमा आह्वान गरिएको  संयुक्त बैठकमा आन्दोलनका कार्यक्रमबारे बहस भएको थियो । बैठकमा संस्थाका सभापतिहरु तथा सचिवहरुको उपस्थिति रहेको थियो ।
नेपाल गणित समाज, गणित शिक्षा परिषद्, नेपाल गणित केन्द्र, गणित विज्ञान ट्रस्ट, नेपाल, ओनिम्स, म्याथ्म्याटिकल एसोशिएशन अफ नेपाल आन्दोलनमा रहेको नेपाल गणित समाजका सचिव डा.दिनेश पन्थीले जानकारी दिए ।
                        
                    
                प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                                         
                    