चितवनमा एकैदिन सशस्त्रका दुई बीओपी स्थापना
                        
                        
                                                
                                             
                                                
                        चितवनमा एकैदिन सशस्त्र प्रहरी बलका २ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ ।
चितवनको माडी नगरपालिका–१ गर्दीस्थित केदारेश्वर प्रावि र सोहि नगरपालिका वडा नम्बर ९ स्थित राइडाँडा प्राथमिक विद्यालयमा बीओपी स्थापना गरिएका हुन् ।
मर्ज भएपछि खाली रहेका विद्यालयमा सशस्त्रका बीओपी स्थापना गरिएका हुन् । सशस्त्र प्रहरी बल बागमती प्रदेश मुख्यालय नम्बर ३ गढिमाइ बाहिनीका बाहिनिपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले बीओपी उद्घाटन गरेका हुन् ।
दुबै बीओपीमा  सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली तैनाथ गरिएको हो । बीओपी स्थापनासँगै चितवनको सिमावर्ती क्षेत्रमा सुरक्षाको महसुस गरेको स्थानीयले बताएका छन् ।
                        
                    
                प्रकाशित मिति: आइतबार, असोज ११, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                                         
                    