सोमबार देशभरको मौसममा सामान्यदेखि आंशिक बदली हुने
                        
                        
                                                
                                            
                        काठमाडौं - सोमबार देशभरको मौसममा सामान्यदेखि आंशिक बदली रही थोरै स्थानमा वर्षा हुने सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
.प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५ नम्बर प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा हुने बताइएको छ ।
सोमबार राति प्रदेश नम्बर १ र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल भारतको पूर्वी बिहार आसपास रहेको न्युन चापीय प्रणाली कमजोर हुने क्रममा रहेको महाशाखाले जनाएको छ । आइतबारदेखि देशको धेरै स्थानमा मौसम सफा भएपनि केही ठाँउमा भने पानी पर्ने सम्भावना रहेको छ ।
                        
                    
                प्रकाशित मिति: आइतबार, असोज ११, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                                         
                    