डा केसीलाई समर्थन गर्दै कपिलवस्तुमा युवाहरु धर्ना
                        
                        
                                                
                                             
                                                
                        चकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनसनरत डा गोबिन्द केसीको समर्थनमा कपिलवस्तुका साझा युवाहरुको समूहले धर्ना शुरु गरेका छन ।
गत भदौ २९ गते जुम्लाबाट २९ औँ अनसन थालेका डाक्टर केशीको जिवन रक्षाका लागि भन्दै धर्ना कार्यक्रमसंगै युवा सहूहरुले धर्ना शुरु गरेका हुन । ‘हामी डाक्टर केसीको साथमा छौँ’ म पनि डाक्टर केसी हो लेखिएका पम्पलेटसहति धर्ना उत्रिएका युवाहरु जिल्लाको चारनम्बर बजार चोकमा अनसन बसेका छन । डा केसीका माग पुरा नभएसम्म प्रत्येक दिन बिहान ८ बजेदखी साझ ५ बजेसम्म धर्नामा बस्ने युवा चन्द्रकान्त पोख्रेलले बताए ।
डा.केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गर्दै धर्नामा बसेका युवाहरुले हरेक नागरिकको ज्यान रक्षाका लागि सरकार जिम्मेवार हुनुपर्ने बताउदै राज्यले उहाका माग तत्काल सम्बोधन गरेर अनशन तोडाउनु पर्ने माग गरेका छन ।
                        
                    
                प्रकाशित मिति: सोमबार, असोज १२, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                                         
                    