समुदाय स्तरमा संक्रमण बढेसंगै होटल रेष्टुराँ पुन: अन्योलमा

पर्यटन क्षेत्रलाई विस्तारै गतिशिल बनाउन सरकार र सम्बन्धित निकाय तयारी थालिरहेकै बेला मुलुकमा बढेको कारोना संक्रमणका कारण फेरी अन्यौल भएको छ ।
यसअघि होटल रेष्टुराँ, ट्राभल र ट्रेकिङ खोल्ने निर्णय गरेकोमा अब भने होटल तथा रेष्टुरेन्ट खुल्ला गरेर बसेर खान नपाइने तर, प्याक गरेर (टेक अवे) सेवा भने दिन मात्र पाइने सरकारले निर्णय गरेको छ ।
साना–ठूला रेष्टुरेन्ट र खाजाघरमा खाजाघरमा सुरक्षा मापदण्ड नअपनाइएको र भीडभाड हुने गरेको पाइएको भन्दै सरकारले त्यस्ता रेस्टुरेन्ट र खाजाघरलाई टेक अवे सेवा मात्र दिने निर्णय गरेको हो ।
जसका कारण अधिकांश होटल तथा रेष्टुरेन्ट बन्द भएका छन् । खुलेका केहि होटल तथा रेष्टुरेन्टले टेक अवे सेवा मात्र दिइरहेका छन् । सरकारले जोखिम बढेसँगै पुनः होटल तथा रेष्टुराँ सञ्चालनमा रोक लगाएको हो । यो क्षेत्रमा ४० प्रतिशत कर्मचारी कटौती गरेको केही दिन अघि राष्ट्रबैकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय