सनको चार गोलले दिलायो टोटेनहमलाई सिजनको पहिलो जीत

टोटेनहमले प्रिमियर लिगको सिजनको पहिलो जीत हात पारेको छ। आइतबार साँझ प्रिमियर लिग अन्तर्गत साउथह्याम्टनसंग भएको खेलमा टोटेनहमले ५-२ को फराकिलो जीत हासिल गरेको हो।
खेलमा टोटेनहमका सन ह्युङ मिनले ४ र टिमका कप्तान ह्यारी केनले १ गोल गरेर गरेर फराकिलको जीत निकालेका थिए । खेलको पहिलो हाफमा ३२ औं मिनेटमा ड्यानी इङ्सले गोल गरेर साउथह्याम्टनलाई अग्रता दिएका थिए। पहिलो हाफको इन्जुरी समयमा टोटेनहमका सनले गोल गरेर खेललाई बराबरीमा पुराएका थिए।
दोश्रो हाफमा ४७ औं, ६४ औं र ७३ औं मिनेटमा सेनले लगातार तीन गोल गरेर टिमलाई ४-१ को अग्रता दिलाएका थिए। सेनको सबै गोलमा केनले असिस्ट गरेका थिए । प्रिमियर लिगमा एउटा खेलाडीकै असिस्टमा ४ गोल हान्ने सन पहिलो खेलाडी हुन ।
त्यस्तै खेलको ८२ औं मिनेटमा ह्यारि केनले एक गोल थप्दै खेललाई ५-१ को अन्तर पुराए । खेलको अन्तिम समयमा साउथह्याम्टनका ड्यानीले पेनाल्टीमा गोल गरे । यस संगै टोटेनहमले ५-२ को फराकिलो जीत हासिल गर्दै ३ अंक जोडेको छ। यस अघि टोटेनहम एभर्टनसँथ १–० ले पराजित भएको थियो ।
त्यस्तै लिगमा साउथह्याम्टनको यो दोश्रो हार हो। यस अघि साउथह्याम्टन क्रिस्टलप्यालेससँग १–० ले पराजति भएको थियो ।
प्रकाशित मिति: शनिबार, असोज ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय