हिमाल दैनिक
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी भए फेरि लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २५ हजार भन्दा बढी सक्रिय संक्रमित भएमा अहिलेको स्रोत साधन तथा पूर्वाधारले व्यवस्थापन गर्न समस्या पर्ने भएकाले मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमल लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए । त्यस्तै कोरोना संक्रमण दर तीव्र गतिमा बढेको निचोडसहित फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरेको उनले जानकारी दिए । त्यस्तै अन्तर्राष्ट्रिय नाकाहरुमा हेल्थ डेस्क स्थापनाका लागि दरबन्दी पुनरवालोकन गर्ने पनि निर्णय भएको उनले बताए । त्यस्तै प्रवक्ता गौतमले बीर अस्पतालमा एक मृतकको अंग निकालेको खवरप्रति ध्यानाकर्षण भएको बताए । उक्त व्यक्तिलाई केन्द्रीय कारागारबाट असोज तीन गते अस्पतालमा लगिएको र अस्पताल पुराउनुभन्दा अघि नै मृत्यु भएको उनले बताए । मृतकको अव धेरै दिन अस्पतालमै राखिएकाले सडेका कारण शरिरमा परिवर्तन आएको र उक्त परिवर्तन स्वभाविक भएको प्रवक्ता गौतमले जानकारी दिए । उनले संयमित भएर समाचार सम्प्रेषण गर्न समेत आग्रह गरे।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update