हिमाल दैनिक
गण्डकी प्रदेशमा कोरोना  संक्रमितको संख्या हजार नाघेको छ। बिहिबार बिहान स्वास्थ्य निदेशानालय पोखराले जारी गरेको बिज्ञप्ति अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या हजार नाघेको हो। आज बाग्लुङ्ग,स्याङ्गजा, तनहुँ, र पर्बत जिल्लामा थप ८ जना कोरोनाको संक्रमण देखिएको छ। प्रदेश क्षयरोग केन्द्र पोखरा मा गरिएको परिक्षण अनुसार बाग्लुङ्गमा १ पुरुष ,स्याङ्गजामा दुई पुरुष, तनहुँमा ३ पुरुष, र पर्बतमा ३ पुरुष गरी ८ जनामा संक्रमण देखिएको छ। संक्रमित हुने १३ देखि २७ बर्ष उमेरका रहेका छन्। अहिले सबै संक्रमितहरुलाई सम्बन्धित जिल्लामा रहेको आइसोलेसंमा लैजाने तयारी भईराखेको निर्देशानालयले जनाएको छ। यस संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १०१४ पुगेको छ।
प्रकाशित मिति: सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update