हिमाल दैनिक
नेपालमा बुधबार थप ४८२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १४,०४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३,६५६ जना निको भएका छन् भने ३० जनाको मृत्यु भएको छ । विगत २४ घण्टामा ४६२ जना निको भएका र अहिले आइसोलेशनमा भएका व्यक्तिको सङ्ख्या ९,३६० रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । त्यस्तै अछामका ४५ बर्षिय एक पुरुषको कोरोनाको कारण मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४,८८६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । प्रवक्ता गौतमले छिटै १० वटा प्रयोगशाला थप हुने जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update