नेपालमा मंगलबार थप ३ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मुलुकका विभिन्न स्थानमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा ३ सय १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ भेटिएका कोरोना संक्रमितसँगै कुल कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा थप ६० जना संक्रमित कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ३ हजार १ सय ९४ जना पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार अहिले आइसोलेशनमा भएका सङ्क्रमितको संख्या १० हजार ३ सय ४१ रहेको छ। त्यसैगरी हालसम्म पीसीआर विधिबाट २ लाख २८ हजार ३ सय ४१ जनाको परीक्षण भएको छ भने आरडिटी विधिबाट २ लाख ९७ हजार ८ सय ७१ जनाको परीक्षण भएको छ । मन्त्रालयका अनुसार अहिले देशभरीका क्वारेन्टिनमा ५३ हजार ७० जना रहेका छन् । देशका विभिन्न अस्पतालमा १० हजार ३ सय ४१ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय