गण्डकी प्रदेशमा थप १७ जनामा कोरोनाको संक्रमण देखिएको छ। मंगलबार स्वास्थ्य निर्देशनालय,पोखराले जारी गरेको बिज्ञप्ति अनुसार गण्डकी प्रदेशका ४ जिल्लामा १७ जना संक्रमण देखिएको हो।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षण अनुसार कास्की जिल्लामा ८ जना, लमजुङ्गमा ३ जना संक्रमण देखिएको छ भने प्रदेश क्षयरोग केन्द्रमा गरिएको परिक्षण अनुसार तनहुँमा ५ जना र स्याङ्जामा १ जना संक्रमण देखिएको छ।
यस संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ९६६ पुगेको छ। त्यस्तै हालसम्म २१४ जना कोरोनाबाट निको भएका छन्।

प्रकाशित मिति: शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय