हिमाल दैनिक
नेपालमा थप ५ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अनुसार ५ सय ९३ जनामा संक्रमण देखिएको बताए। थपिएका ५ सय ९३ सहित नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको प्रवक्ता डा गौतमले जानकारी बताए। पछिल्लो २४ घण्टामा थप ४८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या २६९८ पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update