हिमाल दैनिक
नेपालमा थप ४ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अनुसार ४ सय ३४ जनामा संक्रमण देखिएको बताए थपिएका ६ सय २९ सहित नेपालमा संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको प्रवक्ता डा गौतमले जानकारी बताए। पछिल्लो २४ घण्टामा थप ३१२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या २६५० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल र ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गौतमले बताए । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । हाल क्वारेन्टाइनमा ७२ हजार २२ जना र आइशोलेशनमा ८४४६ जना रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update