हिमाल दैनिक
आज ६२९ जनामा कोरोना पुष्टि
swasthy-mantralay-prabkta
नेपालमा थप ६ सय २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अनुसार ६ सय २९जनामा संक्रमण देखिएको बताए ।संक्रमित हुने ११० जना महिला र ५१९ जना पुरुष रहेका छन। थपिएका ६ सय २९ सहित नेपालमा संक्रमितको संख्या १० हजार ७२८पुगेको प्रवक्ता डा गौतमले जानकारी बताए।
प्रकाशित मिति: आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update