एकैपटक गण्डकी प्रदेशमा १०७ संक्रमित!
गण्डकी प्रदेशमा एकै पटक १०७ जनामा कोरोनाको संक्रमण देखिएको छ। पोखरास्थित स्वास्थ्य निर्देशनालयले ८:१५ मा जारी गरेको बिज्ञप्ति अनुसार ७ जिल्लामा गरि १०७ जनामा संक्रमण देखिएको हो ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पतालमा गरिएको परिक्षण अनुसार कास्कीमा ७ जना, बागलुंगमा ६, पर्बतमा २१, नवलपरासी बार्दघाट सुस्तापुर्बमा ३८ जना, तनहुँमा १ जना, स्याङ्जामा १३, गोरखामा १८ जना गरि १०७ जना संक्रमित छन्।
संक्रमित हुने ३ महिने बालक देखि ६७ बर्षिय बृद्ध रहेका छन्।
संक्रमितको विवरण :
यससंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ६९७ पुगेको छ। सबै संक्रमितलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भईराखेको निर्देशनालयले जनाएको छ।
यससंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ६९७ पुगेको छ। सबै संक्रमितलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भईराखेको निर्देशनालयले जनाएको छ।
प्रकाशित मिति: शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय


