नेपालमा थप ५ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अनुसार ५ सय ३८जनामा संक्रमण देखिएको बताए । थपिएका ५ सय ३८ सहित नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुगेको प्रवक्ता डा गौतमले जानकारी बताए।
मंगलबार थप ७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या २२२४ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका रसुवा बाहेक ७६ जिल्लामा संक्रमण देखिएको छ । त्यस्तै कोरोनाका कारण दैलेख दुल्लका एक पुरुषको मृत्यु भएको छ । प्रवक्ता गौतमले दैैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको र नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको बताए ।
मन्त्रालयका अनुसार हालसम्म पिसिआर बिधिबाट १ लाख ८६ हजार ३६६ को परिक्षण र आरडीटि बिधिबाट दुई लाख ७१ हजार भन्दा परिक्षण भइसकेका छन् । त्यस्तै हाल ७ हजार ८ सय ५१ जना आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय