हिमाल दैनिक
नेपालमा थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अनुसार ५३५ जनामा संक्रमण देखिएको बताए । थपिएका ४२१ सहित नेपालमा संक्रमितको संख्या ९ हजार ५६१ पुगेको प्रवक्ता डा गौतमले जानकारी बताए। संक्रमितमध्ये २,१४२ जना निको भएका छन् भने २३ जनाको मृत्यु भएको छ । विगत २४ घण्टामा ३७० जना कोरोनाभाइरसमुक्त भएर अस्पतालबाट घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६,१९८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो । अहिलेसम्म ७५ वटा जिल्लामा कोभिड १९ पुगिसकेको पुष्टि भएको प्रवक्ता गौतमले बताए । अहिले देशभरि ९०,७३० जना क्वारेन्टाइनमा छन्, जसमध्ये अधिकांश भारतबाट फर्किएको व्यक्तिहरु रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै आइशोलेशनमा ७ हजार ७ सय ७९ जना छन् ।
प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update