गण्डकी प्रदेशमा आज २० जनामा कोरोनाको संक्रमण देखिएको छ। सोमबार बिहान पोखरा स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार गण्डकीमा थप २० जनामा संक्रमण देखिएको हो। प्रदेश क्षयरोग केन्द्रमा गरिएको परिक्षण अनुसार स्याङ्जा जिल्लाका १२ जना र नवलपरासी पूर्वमा ८ जना गरि २० जना संक्रमित रहेका छन्। संक्रमण मध्ये १५ पुरुष, ३ बालक, १ बालिका र एक महिला राखेका छन।
संक्रमितको विवरण:
स्याङ्जा जिल्ला:
- अर्जुन चौपारी गाउँपालिकाका ८ पुरुष र २ महिला
- कालिगण्डकी गाउँपालिकाका २ पुरुष
- बैदिकाली गाउँपालिकाका ८ पुरुष

प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय