गण्डकी प्रदेशमा आज ४७ जनामा कोरोनाको संक्रमण देखिएको छ। आइतबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले गण्डकी प्रदेशमा ५ महिला र ४२ जना पुरुष गरि ४७ जनामा संक्रमण देखिएको बताएका छन्।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षण अनुसार बाग्लुङ्गमा २३ जना पुरुष, कास्कीमा एक जना पुरुष, स्याङ्जामा २ महिला र ८ जना पुरुष, मुस्ताङ्गमा १ जना पुरुष, मनाङ्गमा २ महिला र एक पुरुष, नवलपरासी पूर्वमा २ पुरुष , पर्बतमा २ पुरुष, तनहुँमा १ महिला र ३ पुरुषमा संक्रमण देखिएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालभर संक्रमितको संख्या ४२१ पुगेको छ। डा गौतमका अनुसार हालसम्म संक्रमितको संख्या ९ हजार २६ पुगेको छ। त्यस्तै आज गुल्मीको छत्रपुर गाउँपालिकाका ६९ बर्षिय पुरुषको मृत्यु भएको उनले जानकारी दिए। यस संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३ पुगेको छ। कोरोनाबाट अहिलेसम्म ७५ जिल्लामा संक्रमण फैलिएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय