नेपालमा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अनुसार ४२१ जनामा संक्रमण देखिएको बताए । थपिएका ४२१ सहित नेपालमा संक्रमितको संख्या ९ हजार २६ पुगेको प्रवक्ता डा गौतमले जानकारी बताए। आज संक्रमित ६४ जना महिला र ३५७ जना पुरुष रहेका छन्। त्यस्तै आज एक जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा थप १९४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या १७७२ पुगेको छ । त्यस्तै नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार गुल्मी छत्रकोट गाँउपालिका ५ मैनडाँडाका ६९ वर्षीय पुरुषको मृत्यु भएको हो ।
प्यारालाइसिस उपचारका लागि भारत गएका उनी जेष्ठ २५ गते नेपाल आएका थिए । नेपाल आएपछि होमक्वारेन्टाइनमा नै रहेका उनको असार ५ गते घरमा नै मृत्यु भएको डा गौतमले जानकारी दिए ।
सोही दिन स्वाब संकलन गरि नमुना जाँचका लागि प्रदेश प्रयोगशाला भैरहवामा पठाइएको थियो। असार ६ गते आएको रिपोर्टमा उनमा कोरोना संक्रमण देखिएको हो । यो सहित नेपालमा २३ कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय