हिमाल दैनिक
गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना देखिएको पुष्टि भएको छ। पोखरास्थित स्वास्थ्य निर्देशनालयले दिउसो १:३० बजे जारी गरेको बिज्ञप्ति अनुसार स्याङ्जामा १० जना,नवलपरासी (पूर्व)मा १ जना,कास्कीमा २ जना बाग्लुङमा ५ जना र तनहुँमा १ जना गरेकी १९ जनामा संक्रमण देखिएको हो। आजमात्र गण्डकीमा ३५ जनामा कोरोनको संक्रमण देखिएको छ। हालसम्म यस प्रदेशमा ५२३ मा संक्रमण देखिएको छ। पछिल्लो अद्यावधिक विवरणअनुसार संक्रमितको विवरण: स्याङ्जा जिल्ला:
  • चापाकोट नगरपालिकाका १८,२१,२१,२१,३३ बर्षिय पुरुष र ३० बर्षिय महिला
  • गल्याङ्ग नगरपालिकाका २०, २६, ४६ बर्षिय पुरुष र ४५ बर्षिय महिला
नवापरासी पूर्व जिल्ला:
  • गैंडाकोट नगरपालिकाका १८ बर्षिय पुरुष
कास्की जिल्ला :
  • पोखरा महानगरपालिकाका ४० बर्षिय पुरुष
  • मादी गाउँपालिकाका १९ बर्षिय पुरुष
बाग्लुङ्ग जिल्ला:
  • गल्कोट नगरपालिकाका १९,३५,२७ बर्षिय पुरुष
  • बडीगाड गाउँपालिकाका १७ बर्षिय पुरुष
  • जैमिनी नगरपालिकाका ३० बर्षिय पुरुष
तनहुँ जिल्ला:
  • ब्यास नगरपालिकाका ४७ बर्षिय पुरुष
गण्डकी प्रदेशका ११ वटै जिल्लामा सङ्क्रमण पुष्टि भइसकेको छ ।हालसम्म ४९ जना विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् भने एक जना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला अनुसार विवरण : [table id=9 /]
प्रकाशित मिति: बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update