असार १५ देखि दैनिक १० हजार पीसीआर परिक्षण हुने स्वास्थ्यमन्त्रीको दाबी
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेसम्म हरेक दिन १० हजारका दरले पीसीआर परीक्षणको दायरा बढाउने दावी गरेका छन् ।
शनिबार स्वास्थ्य मन्त्रालयमा सञ्चारकर्मीसंगको अन्तक्र्रिया कार्यक्रमा उनले निजी क्षेत्रको सहयोगमा १० हजार परीक्षण गरिने बताएका हुन् ।
मन्त्री ढकालले प्रत्येक प्रदेशमा हरेक दिन १ हजारसम्म परिक्षण गर्ने गरी स्तरवृद्धि गरिने पनि बताए । उनले कोरोना परिक्षणमा पहूँच नभइ आवश्यक सवैको परिक्षण गरिएको जानकारी दिए । उनले कोरोना संक्रमित बढ्दै गएको अवस्थामा लक्षण नदेखिएको विरामीलाई आइशोलेशनमा र गम्भीर रुपका विरामीलाई मात्र अस्पतालमा राखिने तयारी भएको जानकारी दिए ।
https://www.facebook.com/himaldainik/videos/734956400593649/?t=2
राज्यले कोरोना संक्रमणसंग लड्न सबै तयारी गरेको उनको भनाई छ । मन्त्री ढकालले कोरोना नियन्त्रणका लागि आवश्यक सामाग्रीहरु ल्याउने क्रम जारी नै रहेको भन्ँदै स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमितता नभएको पनि स्पष्ट पारे ।
मन्त्री ढकालले भारतबाट एकैपटक धेरै व्यक्ति भित्रता जाँचमा केहि ढिलाई भएको पनि बताए ।
प्रकाशित मिति: बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय