नेपालमा थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अनुसार ३३१ जनामा संक्रमण देखिएको बताए । थपिएका ३३१ सहित नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको प्रवक्ता डा गौतमले जानकारी बताए। उनले कोरोना बाट कसैको मृत्यु नभएको समेत जानकारी दिए।
पछिल्लो २४ घण्टामा थप १७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या १५७८ पुगेको प्रवक्ता गौतमले बताए।
प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ । हालसम्म पिसिआर बिधिबाट १,६९,१६२ परिक्षण र आरडिटी बिधिबाट २ लाख ५२ हजार ३ सय परिक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय