हिमाल दैनिक
गण्डकी प्रदेशमा कोरोनाका संक्रमितको संख्या दैनिक बढ्दै गएको छ। शनिबार मात्र गण्डकी प्रदेशमा ५८ संक्रमित भेटिएका छन्। पोखरास्थित स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँमा २५, नवलपुरमा १६,गोरखामा ५,म्याग्दीमा १, कास्कीमा २, स्याङ्जामा १ र बाग्लुङ्गमा ८ जना गरि ५८ मा संक्रमित पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, भरतपुर अस्पताल र पोखरामा गरिएको परिक्षण अनुसार संक्रमित हुने ५६ जना पुरुष, १ महिला र एक ११ महिने बालिका रहेकी छिन्। संक्रमितको विवरण: गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता डा बिनोद बिन्दु शर्माका अनुसार संक्रमित सबै जना क्वारिनटाईन रहेको बताएका छन। उनले सबै जना संक्रमितलाई सम्बन्धित जिल्लाहरुको आइसोलेसनमा लैजाने तयारी भईराखेको बताए। पछिल्लो समय गण्डकी प्रदेशमा संक्रमितको संख्या बढ्दै गईराखेको छ। यस प्रदेशमा अधिकंश संक्रमित भारत बाट आएका छन्। हालसम्म यस प्रदेशमा संक्रमितको ४३८ पुगेको छ।
प्रकाशित मिति: बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update