हिमाल दैनिक
कालीकोट सदरमुकाममा रहेको आइसोलेशन कक्षमा उपचार गराइरहेका एक महिला र एक पुरुषले कोरोना जितेका छन् । सान्नी त्रिवेणी गाउँपालिका–२ की २० वर्षीया महिला र शुभकालिका गाउँपालिका–५ का २६ वर्षीय पुरुष कोरोनामुक्त भएका हुन् । जिल्लामा यससँगै कोरोना जित्नेको संख्या २७ पुगेको छ । त्रिचालीस कोरोना संक्रमितमध्ये कालीकोटमा १७ जनाले कोरोना संक्रमण जितेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले बताए । हाल जिल्लामा तीन महिला र १३ पुरुष कोरोना संक्रमितको जिल्ला सदरमुकाममा रहेको आइसोलेशन कक्षमा उपचार भइरहेको जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update