सरकारले मुलुकभर रहेका क्वारेन्टाइनको सुधार गर्दै यसको नियमित अनुगमन गर्ने निर्णय गरेको छ । क्वारेन्टाइनको अवस्थाका बारेमा टिकाटिप्पणी हुन थालेपछि कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटि(सिसिएमसी)ले क्वारेन्टाइनको अवस्था सुधार गर्दै प्रदेश सरकारले यसको नियमति अनुगमन र सहजीकरण गर्ने निर्णय गरेको हो ।
सिंहदरबारमा शुक्रबार बसेको सिसिएमसी बैठकले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको दुई साता भित्र कोरोना परिक्षण सम्पन्न गर्ने निर्णय पनि गरेको छ । त्यस्तै कोरोना संक्रमितको संख्या बढ्दै जादा मुलुकभर आइशोलेनको व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकले पिसिआर परिक्षणको क्षमता बढाउने निर्णय पनि गरेको छ । त्यस्तै विदेशमा रहेका नेपाली श्रमिकहरुलाई स्वदेश फर्कन सम्बन्धीत देश र सम्बन्धीत कम्पनीले खर्च नव्यहोरेको खण्डमा अप्ठेरोमा परेका श्रमिहरुलाई उद्दार गर्ने जिम्मा श्रम मन्त्रालयलाई दिइएको छ । त्यस्तै विदेशबाट आएको शव व्यवस्थापनको जिम्मा श्रममन्त्रालयलाई दिने निर्णय पनि भएको मन्त्री ज्ञवालीले बताए ।
https://www.facebook.com/himaldainik/videos/2854202228236328/?t=2
बैठकले कोरोना संक्रमणबाट जोखिममा रहेका नेपाली नागरिको स्वास्थ्य परिक्षण र उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्राललाई निर्देशन दिएको छ भने संक्रमणको जोमिख हेरेर सम्बन्धीत नगर वा पालीकालाइ सिल गर्ने अख्तियारी प्रदेश सरकारलाई दिइएको मन्त्री ज्ञवालीले जानकारी दिए । यसका लागि सिसिएमसीलाई जानकारी गराउनुपर्ने उनले बताए।
त्यस्तै बैठकले बैदेशिक रोजगारबाट बिदामा नेपाल आएका र नयाँ रोजगारीका लागि बिदेश जाने नागरिकका लागि श्रममन्त्रालय र बिद्यार्थीको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा पठाउन सकिने निर्णय भएको छ । त्यस्तै नयाँ क्वारेन्टाइन निर्माणका लागि केन्द्रीय कोषबाट रु ३५ करोड प्रदेश सरकारमार्फत सम्बन्धीत पालीकालाई दिने निर्णय पनि गरेको छ ।
प्रकाशित मिति: मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय