
गण्डकी प्रदेशमा एकै दिनमा ७७ जनामा कोरोना संक्रमणको देखिएको छ। बुधबार बिहान ७३ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको छ।स्वास्थ्य निर्दशानालयका अनुसार तनहुँ जिल्लामा १५, गोरखामा ११, पर्बतमा ९, नवलपरासी (बर्दघाट सुस्त पुर्ब)मा ३१, मनाङमा एक, स्याङ्जा ९ जना बाग्लुङ्गमा १ जना गरि ७७ जनामा संक्रमण देखिएको छ। एकै दिन गण्डकी प्रदेशमा यति धेरै संक्रमण देखिएको यो पहिलो पटक हो।
त्यस्तै मनाङमा पहिलो पटक कोरोनाको संक्रमित भेटिएको छ। संक्रमित पुरुष केहि समय अगाडी कपिलबस्तुबाट मनाङ फर्किएका थिए। उनि बाहेक अरु सबै संक्रमित भारतबाट फर्किएको प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए। उनीहरु सबै सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भईराखेको प्रबक्ता शर्माले जानकारी दिए। यस संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३२४ पुगेको छ।
संक्रमितको विवरण :
[gallery ids="94869,94870,94882"]
प्रकाशित मिति: सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय