गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोनाको संक्रमण देखिएको छ।
बिहिबार बिहानको स्वास्थ्य निर्दशानालयका अनुसार तनहुँ जिल्लामा १२ जना गोरखा मा ११ जना,पर्बतमा ५ जना, नवलपरासी (बर्दघाट सुस्त पुर्ब)मा १८ जना र मनाङमा एक जना गरि ४७ जनामा सक्रमण देखिएको हो।
संक्रमित ४५ जना पुरुष र २ महिला महिला रहेका छन्। मनाङमा कोरोनाको संक्रमित भेटिएको यो पहिलो पटक हो। संक्रमित पुरुष केहि समय अगाडी कपिलबस्तुबाट मनाङ फर्किएका थिए। उनि बाहेक अरु सबै संक्रमित भारतबाट फर्किएको प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए। यस संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २९४ पुगेको छ।
संक्रमितको विवरण:


प्रकाशित मिति: सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय