हिमाल दैनिक
कोरोना सङ्क्रमणबाट मृत्यु भएकी एक महिलाको शव व्यवस्थापनका लागि पालिकाको गाडी प्रयोग भएको छ । बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज आइसियूमा उपचार गराइरहेकी बाँके बैजनाथपुरकी एक महिलाको मृत्यु भएपछि बैजनाथ गाउँपालिकाको गाडी शव ल्याउन प्रयोग गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले जानकारी दिए । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, नेपाली सेना तथा अन्य सरोकार राख्ने निकायले समेत शव सुरक्षित रुपमा दाहसंस्कार गर्ने स्थलसम्म पु¥याउन कुनै चासो नदिएपछि आफूले चढ्ने गाडी प्रयोग गरिएको अध्यक्ष रुचालको भनाइ छ । उनले आफूले प्रयोग गर्दै आइरहेको गाडीमा शव बोकेर दाहसंस्कार गर्ने ठाउँ मानखोलासम्म पु-याइएको बताए । निमोनियाबाट पीडित ती महिलाको गत जेठ ३० गते आइसियूमा राखेर उपचार गराउँदा गराउँदै यही असार १ गते मृत्यु भएको थियो । मृत्युअघि नै कोरोना परीक्षणका लागि लिइएको स्वाब परीक्षण गर्दा ती महिलाको मङ्गलबार रिपोर्ट पोजेटिभ आएपछि शव उठाउन अस्पताल प्रशासनले नमानेको आरोप अध्यक्ष रुचालले लगाए ।
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update