हिमाल दैनिक
नेपालमा बुधबार थप ५ सय ८६ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४० जना महिला र ५४६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् । https://www.facebook.com/himaldainik/videos/573615703593876/?t=1 यो संख्या अहिले सम्म कै उच्च हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७ हजार १७७ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै कोरोना संक्रमित महोत्तरीमा पुष्टि भएका छन् । महोत्तरीमा मात्रै आज २०० संक्रमित थपिएका छन् । त्यस्तै रौतहटमा १२७, प्युठानमा ३८, उदयपुरमा ४ , सिराहामा १, मोरङमा ९, झापामा २, धनुषामा २६, बारामा ७, कपिलवस्तुमा १०, रुपन्देहीमा ७, सर्लाहीमा ६, अर्चाखाँचीमा १२, कैलालीमा १, पर्वतमा ३, पूर्व नवलपरासीमा १७, गुल्मीमा २६, बाँकेमा १, बर्दियामा ३१, दाङमा ८, सल्यानमा २५, सुर्खेतमा २, दैलेखमा २, कालीकोटमा १४ र कञ्चनपुरमा सातजना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै कोराोनाका कारण थप एक जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके बैजनाथ—६ की ४६ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको प्रवक्ता गौतमले बताए। मृगौला सम्बन्धी समस्याका कारण जेट ३० गते नेपालगञ्ज मेडकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी ती महिलाको असार १ गते साँझ मृत्यु भएको थियो । १ गते नै कोरोना परीक्षणका लागि उनको स्वाव संकलन गरिएपनि २ गते मात्रै रिपोर्ट आएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update