हिमाल दैनिक
गण्डकी प्रदेशका २ जिल्लामा थप २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार नवलपरासी (वर्दघाट सुस्ता पूर्व) हुप्सेकोट गा.पा.का १४ जना, मध्यविन्दु न.पा. २ जना, कावासोती न.पा. का १ जना र अर्को नाम नखुलेको पालिकामा एक जना गरी १९ जनामा संक्रमण देखिएको हो ।  संक्रमितहरु सबै पुरुष रहेका छन् । यस्तै पर्वतको फलेवास नगरपालिकाका २ जना पुरुष र एक महिला गरी ३ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४७ पुगेको छ । नयाँ २१ जना संक्रमितहरु सबै भारतबाट फर्किएका हुन् । संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update