नेपालमा मंगलबार थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले बताए । संक्रमितमध्ये ४ सय ९९ महिला र ६ हजार ९२पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए । उनका अनुसार हालसम्म ७३ जिल्लामा संक्रमण पुष्टि भएको छ ।
https://twitter.com/i/status/1272856003248140288
सरकारले हालसम्म पीसीआर विधिबाट एक लाख ४३ हजार ७ सय ३८ र आरडीटीबाट २ लाख २३ हजार ५ सय १९ जनको परीक्षण गरेको जनाएको छ । त्यस्तै संक्रमितमध्ये हालसम्म १९ जनाको मृत्यु भएको छ भने ११ सय ९८ जना डिस्चार्ज भएकाछन् । मन्त्रालयका अनुसार अहिले देशभरका क्वारेन्टिनमा एक लाख ३७ हजार १ सय ४९ जना छन् ।
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय