हिमाल दैनिक
गण्डकी प्रदेशमा थप ५ जनामा कोरोनाको संक्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालय, पोखराका अनुसार घिरिङ गाउँपालिका स्थायी ठेगाना भई सोहि गाउँपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ४५, २२, २७, २७, र ४६ का ५ जना पुरुषहरुमा संक्रमण देखिएको हो। उनीहरुलाई अहिले तनहुँको जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा रखिएको निर्देशनालयले जनाएको छ। यससंगै तनहुँमा कोरोना संक्रमितको ९ पुगेको छ। गण्डकी प्रदेशमा हालसम्म संक्रमितको संख्या २०४ पुगेको छ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update