
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा अविरल वर्षासँगै शनिबार राती गएको पहिरोको स्थलगत अवलोकन गरेका छन् । पहिरोमा परि आठ जनाको निधन भएको छ भने एक जना अझै बेपत्ता छन्।
अध्यक्ष तिमिल्सिनाले घटनास्थतलको अवलोकन गर्नुका साथै मृतक परिवार तथा प्रभावित स्थानीयलाई भेटेर सान्तवना व्यक्त गरेका थिए।
सो क्रममा अध्यक्ष तिमिल्सिनाले बेपत्ताको शिघ्र उद्दार, पीडितलाई राहत, पुनर्स्थापन तथा पहिरोबाट जोखिममा परेको वरपरको बस्तीको स्थानान्तरणमा तथा संरक्षणमा तदारुकताका साथ काम गर्न तीन तहका सरकारलाई आग्रह गरे।
अध्यक्ष तिमिल्सिनाले पहिरोमा परि बेपत्ता भएकाको तुरुन्त उद्दारका लागि रातीदेखि खटिरहनुभएका पर्वत जिल्ला प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासीप्रति धन्यवाद व्यक्त गरे।
उनिसँगै पर्वतका प्रतिनिधसभा सदस्य पदम गिरी, गण्डकी प्रदेशका उद्योग,पर्यटन, बन तथा वातावरणमन्त्री विकास लम्साल लगायतले घटनास्थलको अवलोकन गर्नुका साथै मृतकका परिवार र जोखिममा रहेका स्थानीयलाई आफूहरुको यस दुखमा साथ रहने बताएका थिए।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय