हिमाल दैनिक
नेपालमा आइतवार थप ४२५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा ४२५ जना संक्रमित थपिएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ संक्रमति सहित अहिलेसम्म कोरोना पुष्टि भएका व्यक्तिको संख्या ५ हजार ७६० पुगेको जानकारी दिए । त्यस्तै थप एक जनाको कारोनाका कारण मृत्यु भएको छ । गुल्मी धुर्कोट ४ जैसीथोकका एक २६ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको पुरुषको प्रवक्ता गौतमले बताए । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । त्यस्तै हालसम्म ९७४ जना डिस्चार्ज भएको प्रवक्ता गौमलले जानकारी दिए। त्यस्तै निजी प्रयोगशालाले पनि आवश्यक प्रक्रिया पूरा गरेर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वीकृति लिएर निजी ल्याबले पीसीआर परीक्षण गर्न पाउने गौतमले बताए । ती नमुना जाँचको लागि लाग्ने खर्च स्वास्थ्य मन्त्रालयले नै बेहोर्ने उनले बताए । यस्तै विदेश जाँदा निरोगिताको प्रमाणपत्रको लागि गरिने नमुना सङ्कलनको परीक्षण वीर, शिक्षण र पाटन अस्पतालको ल्याबमा गरिने भएको छ । हालसम्म नेपालमा पिसिआर बिधिबाट हालसम्म १,३१३७७ परिक्षण र आरडिटि बिधिबाट हालसम्म २,१०,७२१ परिक्षण भएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update