शनिबार नेपालमा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुलुकका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप २७३ जनामा कोरोना भाइरस संक्रमण पुुष्टि भएको हो । यससंगै कुल संक्रमितको संख्या ५३३५ पुगेको छ ।
यस्तै कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नुसार पर्साका २५ वर्षीय पुरुष र निजगढ, बाराका ५ वर्षीय बालकको मृत्यु भएको हो । पर्सामा जेठ २८ गते एक पुरुषको शव भेटिएको थियो । नारायण अस्पतालमा पोस्टमार्टमका क्रममा स्वाब संकलन गरिएको थियो र त्यही अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोनोरा संक्रमण पुष्टि भएको छ ।
यस्तै बारा, निजगढका बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । निमोनियाले ग्रस्त उनको आरडीटी र पीसीआर दुबै टेष्ट पोजेटिभ आएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया १८ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ३६ रहेको छ । यससंगै संक्रमण मुक्त हुनेको संख्या ९ सय १३ पुगेकोे छ । हालसम्म पिसिआर बिधिबाट १ लाख २६ हजार २८८ वटा परिक्षण र आरडिटी बिधिबाट १ लाख ९० हजार ५८२ परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय