हिमाल दैनिक
प्युठानको एक क्वारेन्टिनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिएकी छिन् । नौवहिनी गाउँपालिका – ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले गए राति शिशुलाई जन्म दिएकी हुन् । श्रीमान् प्रेम पुनका साथमा यही जेठ १७ गते भारतबाट आई उक्त क्वारेन्टिनमा बस्नुभएका सरस्वतीले गए राति १ क्वारेन्टिनमै छोरा जन्माएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुप्रसाद पौडेलले जानकारी दिए । उनि अहिले स्वास्थ्यकर्मीकै निगरानीमा रहेको र आज आरडिटी गरिने जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update