शुक्रबार नेपालमा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । गौतमका अनुसार २४ महिला र ४२४ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
थपिएकासहित नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ ।
त्यस्तै कोरोनाका कारण अर्घाखाँचीका एक जनाको मृत्यु भएको हो । जेठ २९ गते ५७ वर्षीय सो व्यक्तिको कोरोना पोजेटिभ रिपोर्ट आएको तर जेठ ३० मा मृत्यु भएको हो । मृतक भारतबाट १२ दिनअघि आएका थिए । श्वासप्रश्वासको समस्या देखिएको थियो। भारतबाट फर्किएपछि उनी क्वारेन्टाइनमा बसेको पाइएको मन्त्रालयले जनाउको छ । स्वाशप्रश्वासमा समस्या भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरी संक्रमणमुक्त नहुँदै डिस्चार्ज गरिएको पाइएको प्रवक्ता गौतमले बताए ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । त्यस्तै शुक्रबार पिसिआर बिधिबाट एक लाख २१ हजार ८ सय ६२ जनाको परिक्षण गरिएको छ भने आरडिटी बिधिबाट एक लाख ८८ हजार ५२ जनाको परिक्षण भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय