सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउनको मोडालिटीलाई परिमार्जन गर्दै भोलि बिहिबारदेखि नीजि क्षेत्रका गतिविधि सुचारु गर्न अनुमति दिने भएको छ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट देश र जनतालाई सुरक्षित राख्न भन्दै सरकारले देशभरी लकडाउन आदेश जारी गरेपनि पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढेर जाँदा सरकारको क्रियाकलाप र कदमप्रति विमति जनाउँदै विरोधमा उत्रिन थालेपछि मन्त्रिपरिषदले मोडालिटी परिवर्तन गरेको हो।
सरकारले गठन गरेको उच्चस्तरिय समितिको सुझाव अनुसार, बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले समितिको सिफारिस बमोजिम भोलिदेखि पलस, व्यवसाय संचालन गर्न दिने निर्णय गरेको हो।
यसैबीच चैत्को ६ गतेदेखि सुरु हुन लागेको एसईई परिक्षा स्थगित गरेर लाखौँ विद्यार्थीको भविश्य अन्यौलमा परिरहेको बेला सरकारले यसपटक विशेष परिस्थितिका आधारमा उक्त परिक्षा नलिने निर्णय गरेको छ।
मन्त्रिपरिषदको निर्णय अनुसार, यस वर्षको मान्धयमिक शिक्षा परिक्षदले लिने एसईई परिक्षा विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गरिने भएको छ।
यसैगरी भोलिदेखि लकडाउनको मोडालिटीमा खुकुलो गरेको सरकारले भोलि देखिनै लागू हुने गरी नीजि सवारी साधानहरुलाई जोर, विजोरका आधारमा चल्न दिने निर्णय गरेको छ।
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय