हिमाल दैनिक
बुधवार थप २ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। मुलुकका बिभिन्न स्थानमा रहेको प्रयोगशालको नतिजाका आधारमा २ सय ७९ जनामा बुधवार संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो सँगै कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । बुधवार ९० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म जम्मा ६ सय ७४ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । उनले अहिलेसम्म पिसिआर बिधिबाट १,१०,७४४ परिक्षण र आरडिटी बिधिबाट १,७२,८८० परिक्षण भएको जानकारी दिए । हाल मुलुकभर ३ हजार ६७५ जना आइशोलेशनमा रहेका छन् भने क्वारेन्टाइनमा १ लाख ७२ हजार २६६ रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update