गण्डकी प्रदेशमा थप २४ जनामा कोरोनाको संक्रमण देखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय,पोखराका अनुसार म्याग्दीमा १, बागलुङमा ११, र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १२ जना गरि २४ जनामा संक्रमण देखिएको हो।
संक्रमित स्याङ्जा जिल्लाको म्याग्दी जिल्ला बेनी नगरपालिकाका ४६ बर्षिय पुरुष रहेका छन्। त्यस्तै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको बैदीकाली गाउँपालिकाका ४०,१९,३०,१८,२२,२१,१९,२२,४०,२०,१८ र ३० बर्षिय पुरुषहरु रहेका छन्।
त्यस्तै बागलुङ जिल्लाको निसीखोला गाउँपालिका २१,४६ र २७ बर्षिय पुरुषहरु रहेका छन्। सोहि जिल्लाको बेरिङ्ग गाउँपालिकाको २४,२२, १८,२४,१८,४९,२३ र २७ बर्षियमा पुरुष हरुमा पनि संक्रमण देखिएको छ।
यससंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १४४ पुगेको छ।
प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय