हिमाल दैनिक
  प्रदेश २ मा सोमबार बिहान थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। बारा,पर्सा र रौतहटका ३ सय ५७ जनाको स्वाब परीक्षण गरिएकोमा १९ जनाको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पताल वीरगज्जका मेडीकल सुपरीटेण्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए। पिसीआर परीक्षणको क्रममा पर्सा जगरनाथपुरस्थित सन्ठि क्वारेन्टाईनमा रहेका १ महिलासहित ८ जना, बाराको पचरौता हर्दिया क्वारेन्टाईनमा रहेका ७ जना र रौतहटको गढिमाई क्वारेन्टाईनमा रहेका ४ जना गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको डाक्टर उपाध्यायले जानकारी दिए। उनीहरूलाई नारायणी अस्पतालकै अस्थायी कोभिड अस्पताल गन्डकमा लैजाने तयारी भइरहेको छ। सप्तरीमा एकै गाउँका १६ जनामा संक्रमण पुष्टि यस्तै सप्तरीमा सोमबार बिहान थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज भेटिएका संक्रमितहरु सबै बलान बिहुल गाउँपालिकाका रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार संक्रमित मध्ये वडा नम्बर ५ मा ७ जना, वडा नम्बर ३ मा ५ जना, वडा नम्बर ४ मा ३ जना र वडा नम्बर २ मा १ जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य प्रमुख दुनियाँलाल यादवका अनुसार संक्रमित सबैलाई सदरमुकाम राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ। संक्रमित देखिएका सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्ति हुन्।
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update