गण्डकी प्रदेशमा कोरोनाका कारण एकको मृत्यु भएको छ।
स्वास्थ्य निर्देशनालय, पोखराका अनुसार स्याङ्जाका ६० वर्षीय पुरुष पोखरामा उपचारका क्रममा मृत्यु भएको हो। आइतबार उनमा कोरोनाको संक्रमित भएको पुष्टि भएपछि उनीलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो। निर्देशनालयका अनुसार लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। उनि उपचारका क्रममा भारत गई यही जेष्ठ २१ मा नेपाल फर्केका थिए।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो पटक हो। यससंगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या १४ पुगेको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय