हिमाल दैनिक
आइतबार थप २१३ जनामा कोरोना संक्रमण पुष्टि
swasthy-mantralay-bikash-devkota
नेपालमा आइतबार थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या तीन हजार ४४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म प्रदेश १ मा ३५९ जना, प्रदेश २ मा एक हजार १६१ जना, बागमती प्रदेशमा ९२ जना, गण्डकी प्रदेशमा १११ जना, प्रदेश ५ मा एक हजार ८१ जना, कर्णाली प्रदेशमा ६३३ जना र सुदूरपश्चिम प्रदेशमा १११ जना संक्रमित छन् । अहिलेसम्म सात प्रदेशका ७१ जिल्लामा संक्रमण फैलिएको छ। आइतबारसम्म ४६७ जना उपचारपछि निको भएर घर फर्किसकेको मन्त्रालयका प्रवक्ता बिकास देवकोटाले जानकारी दिए । कोरोनाको आशंकामा गत २४ घण्टामा ३ हजार ७ सय २८ जनाको पिसिआरबाट नमुना परीक्षण भएको छ । नेपालमा हालसम्म २ लाख ४१ हजार २ सय ५४ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ९६ हजार २ सय ५ जनाको पिसिआर र १ लाख ४५ हजार ४९ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update