हिमाल दैनिक
आइतबार गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोनाको संक्रमण देखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय,पोखराका अनुसार स्याङ्जामा १४, बागलुङमा १०, गोरखामा १० र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ४ जना गरि ३८ जनामा संक्रमण देखिएको हो। संक्रमित स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिकाका २९,४९,३४,५२,३८,३१,२५,२७,४६,३७,२१,१८ र ३२ बर्षिय पुरुषहरु रहेका छन्। त्यस्तै सोहि जिल्लाको भिरकोट नगरपालिकाक ४५ बर्षिय पुरुष रहेका छन्। त्यस्तै बागलुङ जिल्लाको बडीगाड गाउँपालिका २५,३२,२५,५२,४२,२२,२९,२९,२६ बर्षिय पुरुष रहेका छन्। एक जनाको उमेर खोल्ने बाँकी रहेको निर्देशनालयले बताएको छ। सोहि जिल्लाको ढोरपाटन नगरपालिकाको २६ बर्षियमा पनि संक्रमण देखिएको छ। गोरखा जिल्ला कोरोनाको संक्रमण देखिएको यो पहिलो पटक हो। गोरखाको पलुङ्गटार नगरपालिकाका १७ बर्ष पुरुष र गण्डकी नगरपालिकाका २५,३२,२०,४३,३०,२०,२१,२१,२३ बर्षिय पुरुष रहेका छन्। नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँ पालिकाका २०, ३५,३५,४५ बर्षिय पुरुष गरि एकै दिन गण्डकी प्रदेशमा ३८ जना देखिएको छ।सबै संक्रमितहरुलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइराखेको निर्देशनालयका प्रवक्ता डा बिनोद बिन्दु शर्माले जानकारी दिए। यस प्रदेशमा एकै दिन यति धेरै संक्रमित देखिएको यो पहिलो पटक हो। यससंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३ पुगेको छ।
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update