हिमाल दैनिक
सरकारले लामो समयदेखिको लकडाउनका कारण जनजीवन कष्टकर बन्दै गएपछि क्रमश लकडाउनलाई खुकुलो बनाउदै लैजान तयारी तीब्र पारेको छ । सिंहदरबारमा शनिबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई सहज बनाउँदै लैजाने विषयमा तयार गरेको मस्यौदामाथि छलफल भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले स्वास्थ्य मन्त्रालयद्वारा जारी स्वास्थ्य सुरक्षा मापदण्ड र गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्डमा रहेर औद्योगिक र निर्माणजन्य उद्योग, व्यवसाय सञ्चालन गरिने गरि मस्यौदा तयार गरिएको र त्यसमा छलफल भएको बताए । पहिलो चरणमा उद्योग, कलकारखानासँगै विकास निर्माणका काम र आधारभूत आवश्यकताका क्षेत्र खुकुलो बनाइने र त्यसपछि चरणवद्ध रुपमा वर्कआउट गरिने उनले बताए । यद्यपि, यो विषयमा समितिको अर्को बैठकमा छलफल गरेर निर्णय लिइने बिडारीले बताए । हालै बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी तय गर्न समितिलाई निर्देशन दिएको थियो। नेपालमा चैत ११ देखि लकडाउन लागू भएकोमा पटकपटक लम्ब्याइँदै आइएको छ। पछिल्लो समय ३२ जेठसम्मका लागि लकडाउन कायम गरिएको छ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update