गण्डकी प्रदेशमा थप १४ जनामा कोरोनाको संक्रमण देखिएको छ । पोखरा स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षण १४ जनाको पोजेटिभ आएको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले कास्कीमा ३ जना, स्याङ्जामा १० जना र बाग्लुङ्गका एक जना गरि १४ जना मा संक्रमण देखिएको जानकारी दिए।
संक्रमित कास्की जिल्लाको रुपा ५ र ७ का पोखरा २७ मा क्वारिनटाइनमा रहेका २३ देखि ५९ बर्षका ३ पुरुष छन्। स्याङ्जा जिल्ला वालिंग र हरिनास गाउँ पालिकाका क्वारिनटाइनमा रहेका १६ देखि ५४ बर्ष उमेरका १० पुरुष रहेका छन्। त्यस्तै बाग्लुङ्गका तारत खोलाका ३९ बर्षिय पुरुषको पोजेटिभ देखिएको डा देवकोटाले जानकारी दिए। आज मात्र नेपालमा थप ३२३ जनामा कोरोनाको संक्रमण देखिएको छ भने नेपालमा कुल संख्या ३२ सय पुगेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय