कपिलवस्तुमा कोभिड १९ थप ३९ जना कोरोना देखिएको छ। टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको परिक्षणमा ३२ पुरुष र ७ महिलामा संक्रमण देखिएको हो।
संक्रमण हुने महाराजगन्ज नगरपालिकाका ४ देखि ४६ बर्ष सम्मका पुरुष र ६ देखि ५५ बर्ष सम्मका महिला रहेका छन् ।
त्यस्तै यशोधरा गाउँपालिका बडा न ७ मा २५ बर्षिय महिला र २५ बर्षिय पुरुषमा कोरोना देखिएको छ ।
आज मात्र विजयनगर गाउँपालिकामा ५ जनामा संक्रमण देखिएको थियो। यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ५२३ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय