हिमाल दैनिक
नेपालमा थप १ जनाको कोरोनाबाट मृत्यु भएको छ। शनिबार कर्णाली बिज्ञान प्रतिष्ठान जुम्लाले यो कुराको पुष्टि गरेको हो। प्रतिष्ठानका अनुसार मृत्यु हुने डोल्पा जिल्ला जगदुल्ला गाउँपालिका बडा नं ३ का ५८ बर्षिय पुरुषको रहेका छन्। जेष्ठ १६ गते देखि आफनो घरमा होम क्वारिनटाईन बस्दै आएका उनको जेष्ठ २० गते घरमै मृत्यु भएको थियो । मृत्यु पश्चात उनको स्याब संकलन गरेर कर्णाली बिज्ञान प्रतिष्ठान पठाईएको थियो। दुई दिन पछि आएको रिपोर्टमा उनमा कोरोनाका संक्रमण देखिएको प्रतिष्ठानका निदेशक डा मंगल रावलले बताए। उनि सुर्खेतबाट आफ्नो घर डोल्पा गएर होम क्वारिनटाईनमा बसेका थिए। अहिले कन्ट्याक ट्रेसीङ्गका लागि प्रतिष्ठानको टोलि उक्त गाउँपालिकामा पुगेको डा रावलले जानकारी दिए। यस संगै नेपालमा कोरोनाबाट मृत्यु हुने को संख्या १२ पुगेको छ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update